काठमाडौं– पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख एक लाख ९ सय रुपैंयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा ३५ रुपैयाँको दरले बढेको छ । शुक्रबार एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।