काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म ११ हजार ९४५ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको छ ।

आज शनिबार ३ सय ६२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६ हजार ९ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।