किभ – नौ दिनदेखि युद्ध लड्दै आएको रुसले युक्रेनका मुख्य दुई शहर मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसले मानवीय सहायता सामग्रीका लागि भन्दै अस्थायी युद्धविराम गरेको हो । मस्कोको स्थानीय समयअनुसार १० बजेदेखि ति दुई शहरका बाटो खुला गरेको छ । मारिपोल युक्रेनको प्रमुख तटीय शहर हो । यो शहर केही दिनदेखि रुसी सेनाको कब्जामा रहेको छ । यस्तै अर्को शहर भोल्नोभाखमा भने भीषण युद्ध भइरहेको छ । अहिले पनि युक्रेनका विभिन्न सहरमा युद्ध जारी छ ।

यसअघि मिरापोलका मेयरले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अनुरोध गर्दै ति नागरिकलाई बाहिर जान दिइनु पर्ने बताएका थिए । मेयरले सर्वसाधारणलाई समेत रुसी सैनिकले रोकिरहेको बताएका छन् । अहिले खार्किभमा बिस्फोटन भइरहेका छन् । रुसले आक्रमणलाई तीब्र पारेको छ । युक्रेन र रुसबीचकोे युद्धबाट उब्जेको अन्तर्राष्ट्रिय घटनाक्रमलाई दृष्टिगत गर्दै अमेरिकाले तेस्रो युद्ध गर्ने चेतावनी दिएको छ ।