काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना भाइरसको सङ्क्रमण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरसबाट सङ्क्रमण भएका विरामी भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ७ हजार ९१ जनाको पीसीआर विधि र १ हजार ८ सय ४२ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये उपचारकै क्रममा १ जनाको मृत्यु भएको छ भने ३ सय ८५ जना सङ्क्रमितहरु निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४५ जना पुगेको छ । मुलुकभर हाल ७ हजार २ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी काडमाडौं उपत्यकामा आज ३५ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा २५ जना, ललितपुरमा ६ जना र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।