फाइल तस्वीर
विराटनगर — उपचारको क्रममा कोसी अस्पतालमा एक शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा शुक्रबार विराटनगर–६ बम्हपुराका पाँचमहिने शिशुको उपचारका क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।उपचारका क्रममा स्थानीय सुनील चौधरीका छोराको शुक्रबार मृत्यु भएको हो । चौधरीका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

अस्पतालअगाडि प्रदर्शन हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शिशुको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ ।