फाइल तस्वीर
काठमाडौं — तीन लाख ९७ हजारसहित १३ जुवाडे पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको साथबाट तीन लाख ९७ हजार रुपैयाँ नगदसहित १९ थान कौडा बरामत गरेको छ ।