फाइल तस्वीर
वीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्।

क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति विजयी भएका हुन्। क्षेत्रीले १११० मत प्राप्त गरेका छन्। पटेलले ६४५ मत पाए।

सभापति विजयी क्षेत्री प्यानलले बाँकी पदाधिकारीहरुमा समेत जीत हासिल गरेको छ। जसअनुसार दुई जना उपसभापतिमा रामनारायण कुर्मी १२३५ र अशोक गुप्ता ११०२ मत ल्याएर विजयी भए।

दुई सचिवमा ईम्तियाज आलम ११८६ र दिनेशकुमार चौधरी ११५९ मतसहित विजयी हुँदा दुई सहसचिवमा नवीन सिंह १२५७ र मदन राउत १११५ मतले विजयी भए।

क्षेत्री जिल्ला विकास समितिका पूर्वसभापति हुन्। नेपाली कांग्रेस पर्साको पदाधिकारी चयनका लागि बिहीबार मतदान भएको थियो। सभापतिमा क्षेत्रीसहित अन्य पदाधिकारीहरु विजयी भए पनि घोषणा हुन बाँकी छ।