फाइल तस्वीर
नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताए।
‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गंैडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।’ मृत गैंडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।

शुक्रबार भेटिएको यो मृत गैंडासँगै चालु आर्थिक वर्ष २०७८÷७९ मा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैंडामध्ये २८ गैंडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैंडा चोरी शिकारीका कारण मरेका सहायक संरक्षण अधिकृत तिवारीको भनाइ छ । रासस