पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।

उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुवै जनालाई पोखरा महानगरपालिका १३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।