काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४८ पीसीआर विधिबाट र २ हजार ४ सय ७६ एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।


सङ्क्रमित भएका मध्ये उपचारका क्रममा सोही अवधिमा ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४४ जना पुगेको छ । बिहीबार ३ सय २० जना कोरोना भाइसरको सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ५ सय १७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।