काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ जनामा पीसीआर विधिबाट र २ हजार २ सय २ जनमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १८ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ७ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।