काठमाडौं – साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुन हिजोको भन्दा आज १ एक हजार नौं सय रुपैंयाले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो प्रतितोला ९७ हजार ६ सय रुपयैंमा कारोबार भएको छापावाल सुन आज प्रतितोला झण्डै १ लाख रुपैयाँको नजिक पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो ।