काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा १ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ सय ५४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ७ हजार ९ सय ७१ जना पुगेको मँत्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।