काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७ दशमलव ७३ अङ्कले घटेको नेप्से आज सोमबार ४३ दशमलव १० अङ्कले ओरालो लागेर २६१० दशमलव ६० मा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ६४ अङ्कले ओरालो लागेर ५०० दशमलव २१ मा ओर्लेको छ । आज कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ मा कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेकाअनुसार बैंकिङ १५ दशमलव ३३, व्यापार ८२ दशमलव ४१, होटल तथा पर्यटन २४ दशमलव ९३, विकास बैंक ७३ दशमलव ९१, जलविद्युत् १०२ दशमलव ३४, वित्त ४६ दशमलव १९, निर्जीवन बिमा २८६ दशमलव ६९, उत्पादन १२९ दशमलव ३४, अन्य ३५ दशमलव ६ लघुवित्त ६२ दशमलव ३५, जीवन बिमा २९५ दशमलव ५, सामूहिक लगानी कोष ० दशमलव ०२ र लगानी १ दशमलव ९१ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । अपीको १६ करोड ९ लाख ९९ हजार ८४५ मूल्य बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनी १४ करोड ९४ लाख ५२ हजार ४६७, हिमालयन डिष्ट्रिलरी १३ करोड ३६ लाख ७९ हजार ८३९, अप्पर तामाकोसी हाइड्रोपावर १३ करोड १७ लाख ८९ हजार र नेशनल हाइड्रोपावर १२ करोड २४ लाख १९ हजार २८४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

आजको बजारमा दुई हाइड्रोपावर (तेह्रथुम पावर कम्पनी र समालिङ्ग पावर कम्पनी) को शेयर मूल्य १०÷१० प्रतिशलते घटेका छन् । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८ दशमलव ५५,मैलुङखोला जलविद्युत् कम्पनी ६ दशमलव ७८ र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ दशमलव ६७ प्रतिशतले घटेको छ । तारागाउँ होटलको शेयर मूल्य १ दशमलव ११ प्रशितले बढेको आजको बजारमा सानिमा जनरल इन्सुरेन्सको मूल्य ० दशमलव ८७ प्रतिशतले बढेको छ ।

त्यस्तै एनआइसी एसिया डिवेन्चर ०८२/८३ दुई प्रतिशतले बढेको बजारमा सनराइज ब्लूचिप फण्ड १ दशमलव ६५ र लक्ष्मी इक्विटी फण्डको मूल्य १ दशमलव २४ प्रतिशतले बढेको छ ।