काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ८ हजार ३ सय ४१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा १ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ४ सय जना कोरोना भइरसको सङक्रमण मुक्त हुँदा उपचारकै क्रममा १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ९ सय ३६ जना पुगेको छ ।

हाल देशभर ८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ९ लाख ५६ हजार ४ सय १३ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।