प्रतिकात्मक तस्वीर
बिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

को ९प १७६३ नम्बरको मोटरसाइकलले पैदलयात्री थापालाई हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । उक्त मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।