काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोला १ हजार ४ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैचोटी १ हजार ४ सय रुपैयाँले घट्दै ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार ४ सय रुपैयाँले नै घट्न गै ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सेतो धातु चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला ४० रुपैयाँले ओरालो लागेर आज एक हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।