सर्लाही – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गएराति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका(३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बरहथवा स्थितभेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा कौडेना गाउँपालिका(५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।