इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले अवे मैदानमा एभर्टनलाई पाखा लगाउँदै शीर्ष स्थानमा कायम छ । सिटीले एभर्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा ८२ औं मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । यो जितपछि शीर्षस्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६६ अङ्क जोडेको छ ।

यसैगरी टोटनह्यामले पनि जित निकालेको छ । लिड्स युनाइटेडमाथि ४–० को फराकिलो गोल अन्तरले पाखालगाउँदै अङ्क जोड्न सफल भएको छ । टोटनह्यामले लीड्स युनाइटेडलाई ४–० ले परजित गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामका लागि डोर्थी, कुलुसेभ्स्की, केन र सन हेङ–मिनले गोलको साझेदारी गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । यो जितसँगै टोटनह्याम २५ खेलबाट ४२ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।

शनिबार राति भएका अरु खेलमा न्यूक्यासलले ब्रेन्टफोर्ड तथा एस्टन भिल्लाले ब्राइटनलाई समान २–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेड र वाट्फोर्डले गोलरहित तथा क्रिष्टल प्यालेस र बर्नलीले १–१ को बराबरी खेलेका छन् ।