तस्वीर: रोयटर्स

किएभ– रुसले युक्रेनको राजधानीमा गरेको आक्रमणलाई जारी राखेको छ । तर, युक्रेनी सेनाले भने रुसी सैनिकलाई भगाएको दावी गरेको छ । रुसी सेनालाई आफूहरुले भगाएको युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

राजधानी किएभको प्रमुख क्षेत्रमा रहेको आर्मी बेसक्याम्पमाथि रुसी सैनिकले आक्रमण गरेका थिए । रुसी सेनाले तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ । यसैबीच रुसी सैनिकले किएभको प्रमुख विद्युत केन्द्र नियन्त्रणमा लिने प्रयास गरिरहेको इन्टरफ्याक्स युक्रेन एजेन्सीले जनाएको छ ।

युक्रेममा जारी रुसी आक्रमणबाट जनता आक्रान्त हुँदै शान्तिको कामना गरिरहेका छन् । युक्रेनमा रहेका आफ्ना देशका नागरिकहरुलाई भारतलगायतका अन्य देशहरुको उद्धार गर्न सुरु गर्दा नेपालले भने आफ्ना नागरिकहरुलाई उद्धार गर्नेतर्फ कुनै कदम चाहेको छैन ।

यसैबीच संयुक्त राष्ट्रसंघले रुसद्वारा युक्रेनमाथि गरिएको आक्रमणप्रति विरोध गर्न तयार गरेको निन्दाको प्रस्तावमा रुसले भिटो प्रयोग गरेपछि उक्त प्रस्ताव तुहिएको छ ।