काठमाडौं – नेपालमा शुक्रबार २ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ हजार ४ सय ५२ जनाको पीसीआर विधि र ३ हजार १ सय ७६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ३२ जना पुगेको छ ।


यसैगरी काठमाडौं उपत्यकामा ५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४४ जना, ललितपुरमा ७ जना र भक्तपुरमा ३ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


शुक्रबार ५ सय ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ९ हजार २ सय ८० जना सक्रिय सङ्क्रमितको सङ्ख्या रहेको छ ।