काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार उनीहरू तीनै जनालाई काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्सा घरबाट रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।