धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ गरेको हो ।

जाग्रीको घर खानतलासी गर्ने क्रममा कालो प्लाष्टिकमा बेरेको अवस्थामा १२ पोका लागुऔषध (चरेस) बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले उनलाई इलाका प्रहरी कार्यालय मालाखेतिमा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।