काठमाडौं – नेपाली बजारमा सुनको मूल्य उल्लेख्य मात्रामा वृद्धि भएको छ । साताको छैटौं दिन आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर आज तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो तोलामा १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।