फाइल तस्वीर


विवादको विषय बन्न पुगेका नेपाली कलाक्षेत्रका एक अभिनेता पल शाह, एक नावालिक गायिकाको करणीको आरोपको कसुरमा विवादित छन् । पिडितका बावुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नावालिकको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । अब पल शाह कसुरवार छन् वा छैनन् भन्ने कुरा अदालतको फैसलाले नै वताउने छ ।