मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि युक्रेनमाथि रुसी सैन्य आक्रमणलाई तिव्रता बनाइएको छ । रुसी सेनाको आक्रमणबाट युक्रेनी सेना सहित कम्तिमा १ सय ३७ जनाभन्दा बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति पुटिनको आदेशपछि रुसी सेनाको स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी मुख्य शहर र सैनिक अखडाहरुमा आक्रमण गरेका छन् । युक्रेनका राष्ट्रपति म्लोदिमिर जेलेन्स्कीले आफ्नो देशका सैनिक संरचनमा आक्रमण भएको र रूसी सेनाले हमला गरेको पहिलो दिनको आक्रमणमा युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएका छन् ।

युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसा र मरिउपोलमा पनि रुसी नौसेना पुगेका छन् । त्यस्तै देशकै राजधानी किभस्थि बोरिस्पिल अन्तराष्ट्रिय विमानस्थलस्थि सैनिक अखडा, सैनिक मुख्यालय र किभ, डिनिम्रो र खर्किभस्थि सैनिक गोदामहरुलाई पनि रुसी सेनाले ध्वस्त बनाएको छ ।

आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन् । रसिया टुडेका अनुसार राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए ।

उनीहरूले युद्व गर्न नहुने नारा लगाएका थिए। प्रदर्शनकारीहरूले ’लडाइँ रोक’, ’युद्ध चाहिँदैन’, ’युक्रेन हाम्रो शत्रु होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । त्यहाँको प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । मस्को प्रहरीले मात्रै ६ सयभन्दा बढिलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरूले कोभिड–१९ रोक्न लगाइएका प्रतिबन्ध उल्लङ्घन गरेको प्रहरीको भनाइ छ।


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरूद्ध सैन्य कारबाही घोषणा गरेका थिए । पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आक्रमण गरेका छन् । यद्यपि, राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने आफ्नो ‘ कुनै योजना नरहेको’ बताएका छन् ।