काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले युक्रेनमा रहेका सबै नेपालीहरूलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ ।
बिहीबार गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी गर्दै ३८ जना नेपाली मात्र परिषद्को सम्पर्कमा आएका भए पनि यसबाहेक अरू नेपाली हुनसक्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्नुभएको छ ।
युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरू रहेको जानकारीमा आएको परिषद्का अध्यक्ष मल्लले जानकारी दिनुभयो । साथै, युक्रेनमा रहेका सबै नेपालीहरूलाई आफू सुरक्षित रहन र आवश्यक परे स्वदेश फर्कनसमेत गैरआवासीय नेपाली सङ्घले आग्रह गरेको छ ।