काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ८ जनाको पीसीआर विधिबाट र २ हजार २ सय ३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५१ जना र ललितपुरमा ७ जना र भक्तपुरमा १ जना गरी ५८ जना सङ्क्रमित थपिएका हुन् ।

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५ सय ६२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ९ हजार ६ सय ७८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।