काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ३ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५ हजार १ सय ३ जनाको पीसीआर विधि र ३ हजार ५ सय ९० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरस सङ्क्रमको परीक्षण गरिएकोमा जम्मा ३ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बुधबार ९ सय ११ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये उपचारको क्रममा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९सय ३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनामा मात्र कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ६७ जना, ललितपुरमा १० जना र भक्तपुरमा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।