फाइल तस्वीर काठमाडौं — कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाउनु भएको छ । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाउनु भएको हो ।
परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनु भएको छ ।
बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहनुभएको छ । त्यस्तै परिषदले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ ।