काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य तोला ५ सय रुपैयाँ घटेको छ । हिजो मङ्गलबार अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य घट्दै ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन तोलामा ५ सय रुपैयाँले नै घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।