फाइल तस्वीर
भक्तपुर – वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कलाकार कृष्ण मल्लका अनुसार आज बिहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेर उहाँको निधन भएको हो ।


सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय समेत गर्नुभएको थियो । कयौं टेलिश्रृङ्खलामा पनि अभिनय गरेका लोकगायक लामाले २०३० सालमा ‘मनको बाँध’ चलचित्रबाट अभिनय यात्रा सुरू गर्नु भएको थियो । लामाका कलकत्ते काइँयो, मुलाको चानालगायतका लोकगीतहरु नेपाली सङ्गीतफाँटमा अहिले पनि चर्चित छन् ।