काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु १७५ रनको विजयी लक्ष्य दिएको छ ।

युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोड्यो । युएईका लागि मुहम्मद वशीमले ४८ बलमा ७० रनको योगदानी दिए । यस्तै, भृत्य अरवीन्दले २३ बलमा ४६ रन जोडे । यस्तै, मुहम्मद गशमानले २४ बलमा १७ रन जोडे भने अवार फरिदले ४ बलमा ११ रन जोडे ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।