काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ पीसीआर विधिबाट र २ हजार ८ सय २० जनमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा भएको ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ८ सय ३१ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ पुगेको छ ।

हाल देशभर १० हजार ७ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।