हामीले जबसम्म मानव जीवन प्राप्तीको अभिप्राय तथा खास प्रयोजन बुझ्दैनौं वा जान्दैनांै तबसम्म आफूलाई अज्ञानी सम्झँदामा अत्युक्ति नहोला । किनकी आफुले आफुलाई बुझदैनौं भने अन्यका बारे के बुझ्दछौ र । वास्तविक रुपमा भन्नुपर्दा हाम्रो मानब जीवनको प्रयोजन र महत्वकाबारे म को हुँ, मेरो के हो ? यति धेरै जीवका योनीहरु छन्, म कसरी मानव हुन पाए जो सारा जगतको उत्कृष्ट योनी प्राप्त छ । तर हामी यसतर्फ खास दिने संख्या नियालियांै भने निकै अल्प संख्यामा मात्र यस विषयमा सचेत तथा जिज्ञासुहरु भेट्दछौ । उनिहरुको जीवन शैली, व्यवहारलाई विचार गर्दा समाजमा रहने अन्य समुदायको जीवन शैली र व्यवहारसँग पटक्कै नमिल्दो र भिन्न प्रकृतिको पाउँदछौ ।

जो ज्यादै नै सरल र सरस हुन्छ । हामी त्यसतर्फ आफुलाई लैजान चाहदैंनौ । किनकी संसारी रमझम यत्रतत्र हावी भएको देख्दछौ । आफुलाई पनि त्यतै समर्पित गर्दछौँ । यो नै मानव लक्ष्य प्राप्तीको क्षेत्र हो भन्ने भ्रमले प्रभावित हुन पुग्दछौं । नकि अन्य कुनै वास्तविक क्षेत्र छ भन्नेबारे सोच्नसम्म पनि फुर्सद छैन । सोची हाल्यौँ भने पनि त्यस बारेमा विवेचना गर्न अज्ञानको कारण असमर्थ हुन्छौं । आफुलाई वास्तविक क्षेत्रमा लाग्न असमर्थ र अयोग्य पनि ठान्दछौं । वास्तविकता त्यस्तो हैन, सबै मानव खास तत्व ज्ञान बुझ्न र अवलम्वन गर्न लायक नै हुन्छन् ।


मानव लक्ष्य प्राप्तिको निमित्त चाहे जस्तोसुकै लक्ष्य बनाऊँ, त्यसप्रतिको श्रदा र श्रदालाई साकार बनाउन गरिने प्रयत्न र प्राप्त हुने परिणामको बारे धेरै बुझिरहनु नपर्ला । किनकी हाम्रो जीवनको प्रत्येक क्षण हामी त्यसैमा बिताइरहेका छौँ । केवल हामीमा पैदा भएको श्रद्धा कुन क्षेत्रसंग सम्बन्धित छ फरक त्यति मात्रै हो । पछि हामी संसारशक्त मात्र छौँ भने के हामीले वास्तविक मानव लक्ष्य चुम्नबाट बञ्चित नै भयो त हामीले अध्यात्म प्रेम श्रद्धा जगाउनै सक्दैनौं त !


हाम्रो जीवनको नियती ८४ लाख योनिमा घुमिरहने हो त, के आध्यात्मिक चिन्तन गर्ने ब्यक्ती सबै जन्मदै आध्यात्मिक बनेर आउँछन् त ! त्यसो होइन हाम्रा जीवनलाई मार्गदर्शन गर्नको लागि पूर्वजन्मको कमाई संस्कारले त केबल २% मात्र काम गर्दछ बाकीँ ९८% कार्य गर्न मानव स्वतन्त्र नै छ । यस जीवनमा गरिने कार्य नै अन्य चोलाका लागी संस्कार बन्दछ । यसबाट के प्रस्ट हुन्छ भने हाम्रो चिन्तन तथा क्रियाले नै आफूलाई कस्तो बनाउने, आफ्नो हातमा भएको स्पष्ट हुन्छ । यसर्थ धेरै विचार पूर्वक सावधानीका साथ बुभ्mने प्रयत्न गर्नु जरुरी छ । किनभने मानव योनी कर्म योनी हो जो प्राप्त गर्न देवता लालायित हुन्छन्– भनिन्छ नी देवदुर्लभ यौनी हो भनेर ।


वेदव्यास नृत भागवतमा भनेका छन – सत्सङ्घ ठीक ठीक चल्दै छ त ठीकै छ । यदि बेठिक छ भने पनि ठीक ढङ्गले गर्ने प्रयत्न गर्दै रहनु श्रद्धाको उत्पति स्वयं हुन्छ । किन कसरी भन्ने प्रश्न मनमा उठ्ला । यसरीकी सत्सङ्घमा त्यति त बताइन्छ । तिमी को हौ ? कसको हौ ? उ संग तिम्रो के सम्बन्ध छ ? उसलाई तिमी कसरी आफ्नो बनाउन वा प्राप्त गर्न सक्दछौ । जब हामीलाई यो सम्बन्धि ज्ञान हुन्छ तब थप जान्ने प्यास बढ्दै जानेछ । किनकी मत आजसम्म लापरवाही तथा व्यर्थमा रहेछु ।

संसारमा आनन्द खोज्दै थिए । अब बुभंmे । बिना तत्व ज्ञान संसारबाट बैराग्य हुन्छ । त्यो ज्ञान कसरी मिल्दछ । सत्सङ्घ द्वारा । वास्तविक शन्त त यहाँ बताउँछन् जीवन कल्याणार्थ हामीले के गल्ती गरिरहेका छौं । त्यो गल्तीलाई कसरी सुधार्न सकिन्छ । यी दुई विषयलाई बुझ्यौं भने अगाडीका क्षणमा गल्ती पुन कसरी गरिएला र ! बरु विगतमा गल्ती सुधार्न थप साधना भक्तिमा अनुरक्त हुनेछौँ । सत्सङ्घमा हाम्रो सम्पुर्ण नाता सम्बन्धि परब्रह्मा श्री कृष्ण हुन । हामी उनका दास हौँ । उनकै विभित्ताङ्स शक्ति हौँ । हाम्रो काम आफ्नो अंशी श्री कृष्ण प्राप्त गर्नु नै हो । उनसंग हाम्रो सारा नाता छ । दुई चार मात्र होइन । शास्त्र भन्दछ ‘त्वमेव सर्व मम देव देव’ अन्य अरु संग कुनै नाता छदैं छैन ।

हामीले समृद देखेका छांै । एक तरङ्ग पैदा हुन्छ । पछि अर्काे फेरी दुवै एक हुन्छन । पुन एकै क्षणमा दुवै हराउँछन । पुन अन्य उठदछन् । पुन समुद«मा नै विलय हुँदै जान्छ । संसारी सम्बन्ध एक तरङग हो भने भगवान समुन्द्र हुन् । जो जहाँबाट जसकारण पैदा हुन्छ, सो त्यही गएर विलय हुन्छ । यसबाट हामी के प्रष्ट हुन्छौं भने आफ्नो खास सम्बन्धी नै केवल आफ्नो हो । जसद्वारा हाम्रो सबै अभिलाषा पुरा भई हामी शान्त एवं विश्वस्त हुन सक्ने तत्व एक मात्र रहेछ । अन्य सबै कामकाजी रहेछन । यहि तत्व ज्ञानलाई पक्का गर्नु छ । जस्तै आज सम्म हामीले गर्दै आएको मोजको गुणले हाम्रो शरीमा नकारात्मक असर पारेको तथा विषयुक्त सावित भएमा, थाहा भएपछि त्यसको सेवन हामी गर्न छाडदछाँै । जस्तै सुगरको रोगीले गुलियो पदार्थप्रतिको वैराग्यता बाँच्न चाहनेले त्यसको सेवन गर्दैनन् । हामी पनि कूसङ्घबाट सत्सङ्घतर्फ फर्कन सहजै सक्नेछाँै । यदि समझदार हो भने ।


हामीले हरपल सुखी हुन गरिरहेको प्रयत्नका बावजुद पनि दुःखी छौं, गड्बडी चल्दैछ । यसबारेको मूल कारण अज्ञानता नै हो भनी अध्यात्म रामायणले ठोकुवा गरेको छ । हामीले गर्ने कार्यको फल के ? जानुपर्ने कता ? जादैछांै कता ? ज्ञान छैन । यो सबै ज्ञान सत्सङ्घमा अशली शन्तद्वारा प्राप्त गर्न सम्भव छ । नक्कली शन्तद्वाराले केवल चार धाम गर, गङ्गोत्रीका जल रामेश्वरमा चडाउँ । मोक्ष मिल्नेछ । यस्ता अण्डबण्ड उपदेश दिने ढोगी व्यक्ति, पण्डितजीहरु त भोगेकै छौ नी ।

जब वास्तविक शन्त मिल्ने छन्, तब वास्तविक तत्व ज्ञान गराउँदछन् । जसको प्रभावले हामीमा संसारप्रति उदासिनता र भगवानमा अनुराग श्रद्धा पैदा हुनेछ । दिन प्रतिदिन अनुरागमा वृद्धि हँुदै जाने छ । कमिला वा कक्षुवा पनि लगातार सहिबाटो एकदिन प्रयाग पुग्ने पक्का छ । मतलव, हाम्रो लक्ष्य अवश्य हासिल गर्नेछांै । सत्सङ्घमा बस्न, सुन्न, सुुरुका दिनमा मन नलागेपनि बस्नै पर्ने, सुन्ने पर्ने, विषय हो भन्ने कुरा मानियो भने इच्छा नहुँदा नहँुदै पनि बस्ने र सुन्ने प्रयत्न गरौँ । अवश्य रस पैदा हँुदै जाने निश्चित नै छ । सुरुका क्षणमा तत्व ज्ञान सुन्दैमा शरणागत हुनेवाला त निकै दुर्लभ भेटिन्छन्, इतिहासमा । यस्तो हुन त पूर्व जन्मको ठूलाठूला संस्कारी साधक वा ब्यक्तिमा देख्न पाइन्छ । जस्तै तुलसी दास, सुर दास आदि अन्य सबै विस्तार विस्तार साधनाको बलमानै भगवत प्राप्त गर्नें गर्दछन् ।


यदि हामी आफ्नो जीवनलाई सार्थकतातर्फ लान चाहन्छाँै, या भगवत प्राप्ति गर्न चाहन्छौँ भने विलम्ब नगरी सत्गुरु, शन्तको सानिध्यतामा हुने प्रवचन, साधना नै एकमात्र उपाय हो । अन्य नश्वर वस्तुको प्राप्तिका लागि नै निरर्थक प्रयत्न गरिरहने हो भने आफूखुसी गर्न सबैलाई छुट छ । भगवान त निर्देशन गर्दैनन् । प्रत्येक जीवको हृदयमा निवास गरेर पनि केवल मनको सङ्कल्प विकल्प राम्रो नराम्रोको मात्र नोट गरी प्रारब्धको लागि हिसाब किताब राख्दछन् । तसर्थ, हाम्रो सोचलाई सकरात्मकता तर्फ लैजान सत्सङ्घको अपरिहार्यताशिद्ध हुन्छ । सत्सङ्द्वारा श्रद्धा पैदा हुन्छ । जब श्रद्घा हुन्छ, तबमात्र सत्सङ्घले उच्चता हासिल गर्दै जाने छ । सत्सङ्घबाट श्रद्घा, श्रद्घाबाट सत्सङ्घ ठीक–ठीक हुन थाल्दछ। तब भक्तित स्वतः आपसेआप हुनेछ । भक्तिद्वारा अन्तस्करणको शुद्धता अवसम्भावी छ ।

अन्तस्करणको शुद्घगर्न सकेमात्र हाम्रो काम रहन्छ । त्यस पश्चात् गुरु र भगवानको काम आउँदछन् । शुद्घ अन्तस्करणमा सत्गुरुद्घारा स्वरुप शक्ति प्रदान गर्दछन् । स्वरुप शक्तिद्वारा हामी मायामा निवृत्त हुनेछांै तथा माया निवृत्तिको अवस्था भन्नुको तात्पर्य महापुरुष, जोद्घारा भगवानको दर्शन, उनको गुणादी हाम्रो शुद्घ आत्मामा रहने र हाम्रा सबै कार्य उनै भगवानद्घारा गराउने छन् । हाम्रो सबै इन्द्रीय, मन बुद्घि दिव्य बन्ने हँुदा दिव्य भगवानका गुणलाई सहजै ग्रहण गर्ने अवस्था यसै योनिमा प्राप्त गर्न सकिने निश्चय भएको हुँदा त्यस अवस्थामा हाम्रो मानव योनिले सार्थकता पाउनेछ । आफ्नो लागि केही गर्न बाँकी त्यस अवस्थामा नरहने केवल परोपकार मात्रका लागि कार्य हुने गर्दछ । आफ्नो लक्ष्य पुरा हुनेछ । तसर्थ, हामी जो कोही पनि भगवत अनुराध, श्रद्धा विमुख छौं भने पनि चिन्ता र निराश नबनांै । सबैको लागि अवसर छ ।

मानव योनिमा शरणागति (पूर्ण, विश्वास र श्रद्धा) को आधारमा जुन मात्राको विश्वास उही मात्राको भगवत लाभ बराबरीको सिद्घान्त भएको हुँदा हामी जुन क्षण पुर्ण श्रद्घायुक्त हुनेछौं । तत् क्षण भगवत प्राप्त सुनिश्चित भएको हुँदा समयको महत्वलाई मात्र बुझेर चलेमा कुनै लाभ समयको पनि आवश्यकता नपर्ने शिद्घ भयो । केवल प्राप्त समयको र मानव देहको महत्वलाई हृदयङ्गम गरी अगाडिको आउँदो समयलाई भरपुर उपयोग गर्नु नै सर्वोत्तम उपाय भएको हँुदा एक छिन सोचौकी ।
जय श्री राधे