काठमाडौं – काठमाडौंको बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

अनलाइनबाट जुवा खेलाउने र धम्क्याउने गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको बताएको छ ।