काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य आज एकै दिन ८ सय रुपैयाँले वृद्धि हुँदै ९७ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९६ हजार ५ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।