राजस्थान – भारतमा राजस्थानको कोटामा जन्ती बोकेको कार दुर्घटना हुँदा बेहुलाबेहुलीसहित ९ जनाको मृत्यु भएको छ । उक्त कार राजस्थानबाट मध्यप्रदेश जाँदै गर्दा दुर्घटना भइ नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच राजस्थान सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई राहत दिने भएको छ । राजस्थान सरकारले ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ तथा जुन परिवारका दुई जनाभन्दा बढीको मृत्यु भएको छ सो परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो ।

स्थानीय प्रहरीका अनुसार चालक निदाएर नियन्त्रण गुमाउँदा कार दुर्घटना भएको थियो । प्रहरीले स्थानीय समयअनुसार बिहान करिब सात बजेतिर दुर्घटनाको सूचना पाएको थियो ।