काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३८ जनामा पीसीआर विधिबाट तथा ३ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५१ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १ हजार २ सय ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १७ जना पुगेको छ ।हाल देशभर १३ हजार ३ सय ५७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।