काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका र एमसीसी लक्षित हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य नहुने बताउनुभएको छ । राजदूत बेरीले आज एक ट्विट गर्दै अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भए पनि हिंसा र उत्तेजना उक्साउने कार्य स्वीकार्य नहुने बताउनुभएको हो ।
एमसीसी सम्झौतालाई लिएर नेपालमा हाल भइरहेको विरोध प्रदर्शनप्रति लक्षित गर्दै उहाँले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रका लागि अन्तरनिहित कुरा भएको र मानिसहरुलाई शान्तिपूर्वक आफ्ना विचार साझा गर्न दिनुपर्ने बताउनुभयो ।