काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ३३ जनामा पीसीआर विधिबाट र ३ हजार ९ सय ५८ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २ हजार ४ सय ५४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने कोरोना सङ्क्रमणकै कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ जना पुगेको छ ।

हाल देशभर १४ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।