ललितपुर – ललितपुरको सातदोबाटोस्थित अवस्थित नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएका छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गत मङ्गलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । ती तीन जनाबाट हमालले बाजी मार्नुभएको हो । हमाल सत्तारुढ दल नेपाली काङ्ग्रेस कोटाबाट छनोट हुनुभएको हो ।

नवनियुक्त अध्यक्ष हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।