काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १२ घर भई हाल काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहटकै राजपुर नगरपालिका ३ घर भई काठमाडौं नयाँबजार बस्ने २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहटकै राजपुर नगरपालिका ६ घर भई काठमाडौं नयाँबजार बस्ने असरफ अली सहिद र रौतहटकै गौर नगरपालिका ९ घर भई हाल काठमाडौँ नयाँ बजार २८ वर्षीय मोहम्मद शम्साद आलम रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक हजार दरका २ सय ९४ थान नक्कली नोट बरामद गरेको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।