काठमाडौं – साताको चौथो दिन आज बुधबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेप्से बुधबार १९ दशमलव ८४ अङ्कले घटेर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा पुगेको छ । आइतबार ५० दशमलव ३० अङ्कले वृद्धि भएको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ४७ अङ्क, फ्लोट इण्डेक्स ३ दशमलव ४७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ३८ अङ्कले घटेको छ ।

बुधबार कारोबारमा भएका २३१ कम्पनीका ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा खरिदबिक्री भए । मङ्गलबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएका छन् भने अन्य उपसमूह र निर्जीवन बीमा उपमूहको सूचक ० दशमलव१४ प्रतिशतले बढेको छ । । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा वृद्धि भएको छ । अन्य उपसमूह ० दशमलव ४४ र निर्जीवन बीमा उपसमूहको सूचक ० दशमलव१४ प्रतिशतले बढेको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ४४ प्रतिशतले बढेको छ । त्यस्तै ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३ दशमलव २३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २् दशमलव ८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २ दशमलव ७९ प्रतिशतले बढेको छ ।

तर, एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५ दशमलव ९६ प्रतिशतले गिरावट आएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।