काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ८२ जनामा पीसीआर विधि तथा २ हजार ९ सय ७४ जनामा एन्टिजेन विधिबाट कानेरोना परीक्षण गर्दा ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १ हजार ६ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५ पुगेको छ । हाल देशभर १८ हजार २ सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।