काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

उनी पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचाररत थिए । मध्यरातको केही समय अगाडि ओएसए (अवब्स्ट्रक्टिव स्लीप एपनिया) का कारण उनको मृत्यु भयो,’ क्रिटिकेयर अस्पतालका निर्देशक डा. दीपक नामजोशीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बप्पी लाहिरी, भारतीय चलचित्र संगीतमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए । जस्ले, डिस्को डान्सर, डान्सडान्स, चलते चलते र नमक हलाल जस्ता फिल्महरूको लागि सुपरहिट साउन्डट्र्याकहरू रचना गर्नेका थिए ।

सङ्गीतकार बप्पी लाहिरी आफ्नो ट्रेडमार्क सुनको चेन र सनग्लासले ड्यासिङ फिगरबाट निकै चर्चित रहेका थिए ।