ब्राइटनविरूद्ध २–० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२ औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।

१० खेलाडीमा सीमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए । खेलको ५४ औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अङ्कसहित चौथो स्थानमा उक्लेको हो । ब्राइटन २४ खेलबाट ३३ अङ्कसहित नवौं स्थानमा छ । २५ खेलबाट ६३ अङ्क बनाएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।