काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनामा कोरोना भाइरसको परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा उपचारको क्रममा कोरोना भाइरसको सङ्क्रमका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युवरण गर्नेको सङ्ख्या ११ हजार ९ सय २ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ३५ जना सङ्क्रतिमहरु निको भै घर फर्किएका छन् । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेभन्दा निको हुने दर बढ्दै गएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमित १९ हजार ४ सय जना रहेका छन् ।