काठमाडौं – नेपालले चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।

१७ ओभरको खेल सकिँदा आयरल्याण्डले ७ विकेट गुमाएर ११० रन जोडेको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी एक्लैले चार विकेट लिएका छन् । यस्तै कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिएका छन् ।