काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो ।

तात्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई जाँचबुझ समितिको प्रतिवेदनको आधारमा सरकारले गत असोजमा बर्खास्त गरेपछि रिक्त रहेको नेपाल धितोपत्र बोर्डमा अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । जसमध्ये छनोट तथा सिफारिस समितिले हिजो आइतबार पाँचजनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।

अन्तर्वार्तामा छनोट भएकाहरुमध्ये निरज गिरि र खगेन्द्र कटुवाललाई पछाडि पार्दै तीन जनाको नाम सिफारिस भएको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ ।